spot_img
होमपेजप्रदेश समाचारजाजरकोटमा बिहानै फेरि अर्को भूकम्प

जाजरकोटमा बिहानै फेरि अर्को भूकम्प

- Advertisement -spot_img


मङ्गलबार, ०२ वैशाख/ काठमाडौं । पछिल्ला केही दिन निरन्तर भूकम्प गइरहेको जाजरकोटमा साढे ७ घण्टाको फरकमा दुई भूकम्प गएका छन् ।

सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ४/१ म्याग्निच्युडको भूकम्प गएको थियो त्यसको करिब साढे ७ घण्टापछि बिहान ४ बजेर ५३ मिनेट जाँदा अर्को भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान पनि कुशे गाउँपालिकाको पैंकलाई नै केन्द्रविन्दु बनाएर ४/४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण कुनै क्षति भए– नभएकाबारे कुनै विवरण भने प्राप्त भएको छैन ।

यसअघि गत चैत २१ गते साँझ ८ बजेर ७ मिनेट र ८ बजेर १० मिनेट जाँदा सोही स्थानलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको थियो । पहिलो भूकम्प ५/२ र दोस्रो भूकम्प ५/५ म्याग्निच्युडको थियो । सो भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो ।

पछिल्लो समय पश्चिम नेपाललाई केन्द्र बनाएर साना/ साना भूकम्प गइरहेका छन् । गत चैत २० गते दार्चुलामा ४ म्याग्निच्युडको भूकम्प गएको थियो । गत चैत १२ गते हुम्ला केन्द्रबिन्दु भएर ४/५ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्