मङ्गलबार, ०२ वैशाख/काठमाडौँ ।
शंकर अधिकारी घायलको शब्द, गुरुदेव कामतको संगीत अनि कृष्ण भट्टराईको स्वर रहेको “ओठको त्यो मधुरस पिलायौ अलि अलि” भन्ने बोलको गजल गीत गायक कृष्ण भट्टराईको आफ्नै युटुव च्यानल मार्फत रिलिज गरिएको छ। युबा अबस्थामा हुने उतारचढावलाई मिठो ढंगले बुनिएको शब्दलाई गुरुदेव कामतले रमाइलो पारामा गजललाई संगीत गरेका छन ।
उक्त गजलको भिडियोमा स्वयंम गायक हार्मोनियम सहित प्रस्तुत भएका छन ।
गजल लाइ नयाँ स्वरुपमा छायांकन गरिएको छ।

गजलमा चक्र बहादुर बरालको छायांकन ,रोशन भुसालको मेकप र राजेस कुमारको सम्पादन रहेको छ भने समिक्षा भुजेल, कृष्ण भट्टराई , रवि खड्का , राजु पौडेल , सुजन बस्नेत, नबराज अधिकारी , बिक्रम गिरी र जेलिसा कार्किको अभिनय रहेको छ र गीतकार शंकर अधिकारी घायलले उक्त भिडियोलाई निर्देशन गरेका छन ।