spot_img
होमपेजराष्ट्रिय समाचारराजावादी प्रदर्शनकारीलाई गृहमन्त्रीको प्रश्न– "ज्युँदो मान्छे जलाउँदा पुण्य मिल्यो ?"

राजावादी प्रदर्शनकारीलाई गृहमन्त्रीको प्रश्न– “ज्युँदो मान्छे जलाउँदा पुण्य मिल्यो ?”

- Advertisement -spot_img


शुक्रबार, २९ चैत /काठमाडौं । गृहमन्त्री रमेश लेखकले हिन्दु धर्मका नाममा अनावश्यक राजनीति नगर्न आग्रह गरेका छन् ।

‘संसारकै उत्कृष्ट हिन्दू धर्मलाई निकृस्ठ राजनीतिमा प्रयोग नगरौं,’ गृहमन्त्री लेखकले शुक्रबार कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा भने, ‘हिन्दू धर्मअनुसार अर्काको हित चिताउनु पुण्य हो । अर्कालाई पीडा दिनु पाप भयो ।’

यस्तो मान्यता वा आस्था राख्नेहरूका गतिविधि अपराधिक हुन नसक्ने उनले बताए । ‘ज्युँदो मानिस घरभित्र जलाउँदा पुण्य भयो ?राजावादी प्रदर्शनकारीलाई गृहमन्त्रीको प्रश्न छ ।

१५ चैतमा भएको तीनकुने घटनालाई संविधान च्यात्ने, व्यवस्था मास्ने प्रयासको रूपमा व्याख्या गर्दै उनले फेरि पनि निरंकुशता लाद्ने प्रयास सफल हुन नसक्ने बताए ।

जन्मले नै शासक हुने कल्पना अब कसैले गर्न नहुने भन्दै उनले त्यस्तो व्यवस्था अब फर्कन नसक्ने बताए । ५/५ वर्षमा आवधिक चुनाव हुने र त्यसबाट कुनै पनि नागरिक देशको कार्यकारी चुनिन सक्ने व्यवस्था नै उत्कृष्ट रहेको उनको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्