spot_img
होमपेजप्रदेश समाचारबझाङमा चट्याङले ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति, विद्युत् सेवा ठप्प

बझाङमा चट्याङले ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति, विद्युत् सेवा ठप्प

- Advertisement -spot_img

बिहीबार, २८ चैत/ धनगढी । बुधबार परेको चट्याङले बझाङ ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा ठुलो क्षति पुर्‍याएको छ। बित्थडचिर गाउँपालिका अन्तर्गत सुनकुडा र स्याँडी क्षेत्रको प्रसारण लाइनमा क्षति पुग्दा सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा पूर्ण रूपमा ठप्प भएको छ।

घटनापछि विद्युत् सेवा पुनः सञ्चालन गर्न नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली प्रभावित क्षेत्रतर्फ खटिएको छ। टोलीले क्षतिग्रस्त प्रसारण लाइनको मर्मत कार्य तीव्र रूपमा अगाडि बढाइरहेको जानकारी दिइएको छ।

स्थानीय बासिन्दाहरू विद्युत् अवरुद्ध हुँदा दैनिक जीवन र सञ्चारमा कठिनाइ भएको गुनासो गर्दै आएका छन्। प्राधिकरणले सकेसम्म छिटो सेवा सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्