काठमाडौं/ फागुन २/
बिगत लामो समय देखि राष्ट्रसेवक कर्मचारीको काम गर्दै आईरहेका नरेश एम सीको नौतुनाको रेल सार्बजनिक भएको छ । पछिल्लो समयका ब्यस्त गायक आफ्नो बेग्लै पहिचान बनाउन सफल खेम सेन्चुरीसँग सहकार्य गरेका एम सीले नौतुनाको रेल मार्फत जोडिँदा केही आशा लागेको बताए ।
खेम सेन्चुरी र मेलिना राईको आवाज,ऋषि खड्काको शब्द,केशब बडुको संगित संयोजन रहेको नौतुनाको रेल नरेशको आफ्नै आधिकारिक यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । श्याम स्वेत रसाईलीको मिक्सिङ्ग तथा माष्टरिङ्ग रहको गीतलाई प्रीज्म रेकडिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो ।
मौसम हिमालीको परिकल्पना तथा निर्देशन रहेको गीतको भिडियोमा नरेश एम सी,जुना बिश्वकर्मा र तृप्ती एमसीको अभिनय रहेको छ । गीतमा नबिन घर्ती मगरको सम्पादन तथा कलर,सरिता मगरको मेकअप रहेको छ भने एडभेन्चर ईन्टरटेनमेन्टको पोष्ट प्रोडक्सन रहेको छ ।