माघ ४ गते,बैजापुर/ राप्ती सोनारी ३ बनघुसरीमा रहेको बाँके जिल्लाकै दोस्रो ठुलो मन्दीर भुवर भवानी मन्दिरमा ८० हजार ५ सय ७१ रुपैयाँ भेटी संकलन भएको छ । हरेक बर्ष माघ १ गते देखि ३ गते सम्म पुजापाठ गर्ने भक्तजनहरुको घुँइचो लाग्ने गरेको छ । भुवर भवानी मन्दीर व्यवस्थापन समिति र जनप्रतिनिधिहरुको संयुक्त टोली गणना गर्दा भेटी वापत उक्त रकम संकलन भएको हो । २०१३ सालमा स्थापना भई हरेक बर्ष यसैगरि मेला लाग्ने र नेपालका विभिन्न जिल्ला अनि भारतबाट भक्तजनहरुको घुइचो हुने गरेको हो । माघ १ गते ३२ हजार १ सय १३ रुपैयाँ, २ गते २६ हजार ५ सय २० रुपैया र ३ गते २१ हजार ९ सय ३८ रुपैयाँ संकलन भएको हो ।
तीन दिनमा मेला मान्न र पुजापाठ गर्न आएका भक्तजनहरुको चढाएको भेँटी वापत उक्त रकम संकलन भएको राप्ती सोनारी ३ का वडा अध्यक्ष मिन कुमार चौधरीले जानकारी दिए । भुवर भवानी मन्दीरमा पहिलो पटक भक्तजनले चढाएको भेटी संकलन गरि गणनामा आएको बताए । उनले भने यस्ले गर्दा जम्मा भएको रकमले मन्दीरको पुजापाठ सामाग्री खरिद देखि भौतीक संरचना निर्माणमा सहयोग पुग्ने छ । यस अघि उक्त मन्दिरका पुजारी र उनका आफन्तले भेँटी बापतको रकम लिने गरेका थिए ।