spot_img
होमपेजप्रदेश समाचारचितवनमा भएका फरकपरक दुर्घटनामा १ जनाको मृत्यु, ११ घाइते

चितवनमा भएका फरकपरक दुर्घटनामा १ जनाको मृत्यु, ११ घाइते

- Advertisement -spot_img

३० माघ, काठमाडौं । पछिल्लो २४ घन्टामा चितवनमा भएका फरकपरक दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् भने ११ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय, बागमतीले उपलब्ध गराएको तथ्यांकअनुसार चितवनमा मात्रै एकै दिन ६ वटा सवारी दुर्घटना भएका हुन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार मंगलबार चितवनको भित्री सडक खण्डमा बछौलीबाट झुवानीतर्फ जाँदै गरेको बा।प्र।०३(००२ प ५५०३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । मंगलबार भएको उक्त दुर्घटनामा २८ वर्षीय चालक आलोक महतोको मृत्यु भएको छ ।

चितवन नगरपालिका(५ का महतोको दुर्घटनामा गम्भीर चोट लागेको थियो । उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा राति करिब साढे ११ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

त्यस्तै, चितवनमै ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् । ध्रुवचोकबाट ढकाल चोकतर्फ आउँदै गरेको ना ५ त ७३०७ नम्बरको ट्याक्टरले भट्ट चोकबाट टेकलाल चोकतर्फ जाँदै गरेको ना २५ प ७१३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा चितवन कालिका नगरपालिका(७ बस्ने ४६ वर्षीय रामहरि थापा घाइते भएको र उनको एलाइभ अस्पतालमा उपचार भइरहेको प्रदेश प्रहरीले जानकारी दिएको छ । ट्याक्टर चालक रत्ननगर न।पा।१५ बस्ने वर्ष(२५ को इश्वर परियार नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

चितवनकै रामपुरमा मंगलबार साँझ करिब ७ बजेको समयमा स्कुटरले साइकललाई ठक्कर दिँदा ५ जना घाइते भएका छन् । रामपुरबाट भरतपुरतर्फ जाँदै गरेको ना २५ प ८३०९ नम्बरको स्कुटर ले सोही दिशामा गइरहेको साइकललाई ठक्कर दिएको थियो ।

स्कुटरको ठक्करबाट साइकलमा सवार २३ वर्षीय भीमप्रसाद दराई, उनकी श्रीमती र ५ वर्षीय छोरा घाइते भएका छन् भने स्कुटर चालक चितवन भरतपुर महानगरपालिका(५ बस्ने ४० वर्षीय नरेन्द्र मल्ल पनि घाइते भएका छन् । स्कुटरको पछाडि बसेका मल्लका ६ वर्षीय छोरा पनि सामान्य घाइते रहेको प्रहरीले जनाएको छ ।

चितवनमै ना।४५ प ८१०५ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल चालक जिल्ला बारा घर भइ हाल जिल्ला चितवन भरतपुर(९ स्थितमा डेरा गरी बस्ने २२ वर्षीय २२ को सबिर मियाँ घाइते हुन पुगेका छन् । मंगलबार करिब सवना ९ बजेको समयमा भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक भरतपुर(७ का ४८ वर्षीय कमल पण्डित पनि घाइते भएका थिए ।

त्यस्तै, मंगलबार नै चितवनकै धर्मचोकबाट टाइगरचोकतर्फ जाँदै गरेको ना ३५ प ५४२४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५० वर्षीया मनकुमारी गौतम घाइते भएकी छन् । दुर्घटनामा मोटरसाइकल चालक चितवन भरतपुर महानगरपालिका(५ नारनपुरका ३५ वर्षीय अर्जुन रिमाल सामान्य घाइते भएको प्रदेश प्रहरी कार्यालय बागमतीले जानकारी दिएको छ ।

चितवनमै रोकिराखेको कारमा स्कुटर ठोक्किँदा मंगलबार स्कुटर सवार एक जना महिला घाइते भएकी छन् । बा १६ च ८०७७ नम्बरको रोकीराखेको कारको अगाडी बा।प्र।०६(००१प २५१६ नम्बरको स्कुटर ठोक्किएको थियो ।

उक्त दुर्घटनामा स्कुटरको पछाडि बसेकी भरतपुर(६, ईन्द्रपुरी बस्ने ७० वर्षीय सीता लामिछाने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्