spot_img
होमपेजमनोरञ्जनचर्चित गायक प्रमोद खरेलको सुमधुर स्वरमा सजिएको गीत'हिजोसम्म मेरै थियौ'सार्वजनिक

चर्चित गायक प्रमोद खरेलको सुमधुर स्वरमा सजिएको गीत’हिजोसम्म मेरै थियौ’सार्वजनिक

- Advertisement -spot_img

चर्चित गायक प्रमोद खरेलको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘हिजोसम्म मेरै थियौ’ हालै सार्वजनिक गरिएको छ। एण्टरटेन्मेन्ट हाउस प्रा.लि. को प्रस्तुति रहेको यस गीतले प्रेम, विछोड र भावनात्मक सङ्घर्षको कथा दर्शकहरूसामु प्रस्तुत गरेको छ।

गीतमा सहदेव कोइरालाका शब्द र मकबुल खानको संगीत समावेश गरिएको छ। भिडियो निर्देशन तथा पुरुष मोडलको भूमिकामा देवराज आचार्य रहेका छन् भने महिला मोडलको रूपमा मीना सुवेदीको सशक्त अभिनय देख्न सकिन्छ।

गीतको छायांकन सुरेश श्रेष्ठले गरेका हुन् भने सम्पादन पदम सुबेदीले गरेका छन्। भिडियोलाई कलात्मक ढङ्गले निर्माण गरिएको छ, जसले गीतको भावनालाई अझ प्रभावशाली बनाएको छ।

‘हिजोसम्म मेरै थियौ’ गीत म्युजिक अफ नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएको केही समयमै गीतले उल्लेखनीय दर्शक संख्या बटुल्दै सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्