spot_img
होमपेजमनोरञ्जनगायक तथा संगीतकार चिरन्जीवी भण्डारीको अहिले सम्मकै बेग्लै अभिनयमा रहेको मर्मस्पर्शी गीत...

गायक तथा संगीतकार चिरन्जीवी भण्डारीको अहिले सम्मकै बेग्लै अभिनयमा रहेको मर्मस्पर्शी गीत “न जिउन सकें न मर्नै सकें”

- Advertisement -spot_img

कुनैपनि बिधामा सबैको आ आफ्नो तरिका र पहिचान हुन्छ । पछिल्लो समय आफ्नो बेग्लै पहिचान बनाएका गायक तथा संगीतकार चिरन्जीवी भण्डारीको अहिले सम्मकै बेग्लै अभिनयमा रहेको मर्मस्पर्शी गीत “न जिउन सकें न मर्नै सकें” गायक तथा संगीतकार चिरन्जीवी भण्डारीको यूट्यूब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
गीतमा लोकप्रिय गीतकार प्रतिमा गुरुङको शब्द, गायक संगीतकार चिरन्जीवी भण्डारीको संगीत, लोकप्रिय गायक सत्यराज आचार्यको आवाज रहेको छ भने गीतमा संगीत संयोजन संजीव बराइलीको रहेको छ । गीतको भिडियोमा कन्सेप्ट, कथा गीतकार स्वयम् प्रतिमा गुरुङको रहेको छ भने भिडियोलाई निर्देशन केशब भट्टले गरेका छन । छायांकन उत्सब दाहाल, सम्पादन बिष्णु खड्काको रहेको छ ।
भिडियोमा स्मारिका ढकाल, सुरेश कोहली, गायक संगीतकार चिरन्जीवी भण्डारीको अभिनय दमदार अभिनय देख्न पाइन्छ । प्राय रोमान्टिक गीत तथा भजन गीतमा अभिनय गरिसकेका गायक संगीतकार चिरन्जीवी भण्डारी यसपाली भने आफैले संगीत गरेको मर्मस्पर्शी गीतमा वियोगान्त संगै बिकराल नकारात्कम पात्रको भूमिकामा देखिएका छन।
भिडियोमा चोखो माया गरेको व्यक्तीले मायामा बिश्वाशघात पाएपछि हुने नकारात्मक उतार चढाबलाई देखाउन खोजिएको छ । यस गीतकी गीतकार प्रतिमा भन्छिन यसको पार्ट २ पनि आउँछ, पार्ट २ अझ शसक्त कथामा आउँनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्