बाँके राप्तीसोनारीका गायक शिव जिएमको कौडा गीत ‘मायामा भुल’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शनिबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरी बाँकेका संगीतकर्मी, कलाकर्मिका बिच भिडियो सार्वजनिक गरिएको हो । गायक शिव जीएमको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा आवाज मेलिना राई र शिब जिएम,शब्द संगित दिपक घर्ती मगर,संगीत संयोजन केशव बडुको रहेको छ भने मिक्स माष्टरिङ्ग राज कुमार बगरको रहेको छ ।
बाँकेको खजुरा १ सैनिकमा छायांकन गरिएको गीत नेपाली मौलिक पहिचान बोकेको र गीतको भिडियो मौलिकता र आधुनिकताको फ्युजन रहेको गायक जिएमले बताए । जिएमले आफु आधुनिक गित गाउने भएका कारण पनि गीतमा थोरै फ्युजन गरिएको बताए ।
उक्त गीतमा बिगत लामो समय देखि बाँके जिल्लामा बसेर कलाकारिता,म्यजिक भिडियो निर्देशन तथा नृत्य निर्देशनमा सक्रिय नवराज सुवेदीले अभिनयमा पनि डेब्यु गरेका छन् । यसअघि थप्रै दर्जनौं म्युजिक भिडियोको निर्देशन गरिसकेका सुवेदीले यो गीतको निर्देशनसंगै पहिलो पटक अभिनय गरेका हुन् । गीतको भिडियो राजेश कमारले सम्पादन तथा कलर गरेकाच हुन ।
म्यजिक भिडियो सार्बजनिक कार्यक्रममा उपस्थित बरिष्ठ कलाकार सुन्दर गुरुङले नेपाली मौलिक कौडामा थोरै फ्युजन गरिएको भएपनि भिडियो हेर्दा पट्यारलाग्दो नभएको प्रतिक्रिया दिए । साथमा कलाकार केवि शाहिले काठमाडौंमा बसेर नेपाली संगीत क्षेत्रमा पहिचान बनाएकी गायिका मेलिना राईकै स्तरमा बाँकेका गायक जीएमले गीत गाउन सकेको भन्दै प्रशंसा गरे । म्युजिक भिडियोमा नृत्य, ताल, सिनेमाटोग्राफीमा केही कमि कमजोरीहरु देखिएपनि गीत र भिडियो राम्रो बनेको चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पौडेलले बाँकेबाट यो गुणस्तरको म्युजिक भिडियो उत्पादन हुनु गौरवको विषय भएको बताए । यस क्षेत्रका कलाकारहरुले यहाँका ठाउँ, नेपाली मौलिक पहिचान बोकेको गीतहरु उत्पादन गरिरहेकाले उनिहरुलाई प्रोत्साहन गर्नुपर्ने समेत वक्ताहरुले वताए ।
कार्यक्रममा दुई दर्जन बढि कलाकार, संगीतकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो। गीतमा गायक जीएमसंगै गायिका मेलिना राईको स्वर रहेको छ । गायक जिएमले यसअघि थारु भाषा र नेपाली भाषामा गीत गाइसकेका छन् ।
गीतमा निर्देशक सुवेदी, गायक जीएम, नृत्याङ्गना दुर्गा राना मगर र एलिसा बोहराको अभिनय तथा नृत्य र नैना बुढा मगरले अभिनयमा साथ सिदएकी छन । नृत्याङ्गनाका अभिभावकहरुले अहिले डिजिटल प्लेटफर्मले कलाकारलाई देश विदेशमा चिन्ने मौका दिएकाले छोरीहरुलाई कला क्षेत्रमा लाग्नका लागि परिवारले पुर्ण सहयोग गरिरहेको बताए ।
हामीसँग जोडिनुहोस्
पढ्नै पर्ने