बिगत लामो समय देखि देशको सेवामा समर्पित रहेका नरेश एम.सी ले गीत संगीतलाई पनि उक्तिकै योगदान दिईरहेका छन । गीत संगीतको क्षेत्रमा अभिनय गर्दै आफुलाई मोडलको रुपमा स्थापित गरिसकेका नरेशको “धोका दियौ तिमिले” बोलको गीत नरेश एम.सी को यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । नरेश एम.सी का थुप्रै गीतहरु मध्य लाहुरे म त सोल्टिनी, लाहुरेको लाहुरेनीे,फौजीको बर्दीमा,थरुनीको माया जालैमा गीतहरु चर्चामा आएका गीतहरु हुन ।
यस गीतमा शब्द संगीत प्रकाश रंन्का,संगीत संयोजन बिशाल निरौला,आवाज एलिना चौहान र मिक्स माष्टरिङ्ग कुमार रानाको रहेको छ भने मारुनी रेर्कडिङ्ग स्टुडियोमा रेर्कड गरिएको हो ।
स्मृती तिमील्सिना गुरुआमाको निर्देशन रहेको गीतको भिडियोमा नरेश एम.सी र यशु भट्टराईको अभिनय रहेको छ । भिडियोमा दुर्गा पौडेलको छायाकंन र नबिन घर्ती मगरको सम्पादन रहेको छ ।
हामीसँग जोडिनुहोस्
पढ्नै पर्ने