spot_img
होमपेजजन आवाजराप्ती सोनारी ५ टडुवा खोलामा अस्थायी बाटो बन्यो

राप्ती सोनारी ५ टडुवा खोलामा अस्थायी बाटो बन्यो

- Advertisement -spot_img

राप्ती सोनारी , फागुन ०९

बाँकेको राप्ती सोनारी ५ टडुवा खोलामा पुल नहुँदा आवत जवातमा समस्या भएको बिषयमा समाचार प्रशारण गर्दा त्यसको प्रभाव परेको छ । राप्ती सोनारी टिभीमा टडुवा खोलाको बालुवामा आवत जावत गर्ने सवारी साधन भासिँएर निकै सास्ती भएकोे समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएपछि राप्ती सोनारी ५ का वडा अध्यक्ष झगरु थरु तात्तीएका छन् । वडा अध्यक्ष थारु, बाटो विग्रेको स्थान खोलामा गएर ग्राभेल खसाई पानी हालेर लोलरले च्याप्न लगाएका छन् । उनी आफै लागेर खोलाको बाटोको समस्या तत्कालका लागी समस्या तारेका छन् । खोलाको बाटो अस्थायी रुपमा बनेपछि आवत जावत गर्ने बस, अटो, मोटरसाइकल लगायतका सवारी साधनलाई सहज भएको हो ।
छ । वारिपारि चिल्ला अस्फाल्ट पिच बिचमा पुल बिहिन खोला, जस्का कारण हुलाकी लोक मार्गको नेपालगन्ज देखि अगैया हुँदै ओहर दोहर गर्ने संयौ सवारी साधन तथा यात्रुले दैनिक सास्ती भोग्नु परिरहेको थियो । स
अहिले त झन राम्रो बाटो त्यसैमा छोटो दुरी पर्ने भएर नेपालगन्ज हुँदै दाङ तथा पुर्व जाने सवारी साधनको बाक्लो आउ जाउ छ ।
यस बिषयमा हुलाकी सडक नेपालगन्जको कार्यालयले ठेक्का टेण्डर अगाडी बढाएको भन्दै पालिकाले वडा कार्यालय संग सहकार्य गरेर ग्राबेल गरेर लोडरले च्याप्ने काम भइरहेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्