![](https://raptisonaritv.com/umoghoon/2025/01/accident-7.jpg)
माघ २, बैजापुर , हिजो मंगलबार राती राप्ती सोनारी ७ मा बसको ठक्कर बाट स्थानीय एकै घरका काका र भतिजको ज्यान गएको छ । प्रहरी चौकी फत्तेपुर (क) का इन्चार्ज प्रहरी सहयाक निरिक्षक लोक बहादुर बोहराका अनुसार रातीको समयमा नरैनापुर बाट आउँदै गरेको भे १ ख ३७७४ नम्बरको बसले विपरित दिशा बाट गईरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाईकललाई राधा कृष्ण मन्दीर नजिकै ठक्कर दिदा मोटरसाईकलमा सवार स्थानीय २६ बर्षिय दिल बहादुर थारु र उनका भतिजा २५ बर्षिय राजेश थारुको ज्यान गएको हो । ठक्करबाट गम्भीर घाइते भएको द्धयको उपचारको क्रममा नर्सिङहोम नेपालगन्जमा ज्यान गएको अस्पतालले जनाएको छ ।
असई बोहराले स्वर्गद्धवारी बाट भक्तजन नरैनापुर छोडेर नेपालगन्ज फर्कदै गरेको बसले मोटरसाईकल लाई ठक्कर दिदा एकान्त होटलका सन्चालक जयराम थारुका भाई र छोराको ज्यान गएको उल्लेख गरे । माघीकै दिन एकै घरका दुईजनाको ज्यान गएपछि अहिले उक्त गाउँ शोकमा डुबेको छ । अहिले उनीहरुको शवलाई पोष्टमार्टमको लागी भेरी अस्पतालमा लगिएको छ ।