spot_img
होमपेजUncategorizedमृतकका आफन्तले क्षतिपुर्तीको माग गर्दै कुण्डा चोकमा चक्का जाम

मृतकका आफन्तले क्षतिपुर्तीको माग गर्दै कुण्डा चोकमा चक्का जाम

- Advertisement -spot_img

माघ ३,इश्वरी के.सी, बैजापुर क्षतिपुर्तीमा कुरा नमिले पछि पीडित पक्षले यतिबेला आन्दलोलनमा उत्रिएका छन् । १ गते राती राप्ती सोनारी ७ मा बसको ठक्कर बाट २ जनाको ज्यान गएपछि क्षतिपुर्तीको बिषयमा कुरा नमिलेको हो । पीडीत पक्षले यतिबेला सयौको संख्यामा जम्मा भएर राप्ती सोनारी ६ कुण्डा चोकमा चक्काजाम गरेका छन् । उनीहरुल े सडकमा टयार बालेर , मुडा तेर्स्याएर क्षतिपुर्तीका लागी आन्दोलन गरिरहेका हुन । नेपालगन्जबाट नरैनापुर, सुईया बघौडा , जाने आउने, नेपालगन्ज बाट बैजापुर अगैया आउने जाने सम्पुर्ण सवारी साधन अहिले रोकिएका छन् । उनीहरुले एकै घरका २ जनाको ज्यान गएको बिषयमा राधा कृष्ण बस समिति र बस धनिले वेवास्ता गरेको आरोप लगाएका छन् । १ गते राती नरैनापुर बाट आउँदै गरेको भे १ ख ३७७४ नम्बरको बसले विपरित दिशा बाट गईरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाईकललाई राधा कृष्ण मन्दीर नजिकै ठक्कर दिदा मोटरसाईकलमा सवार स्थानीय सर्रा गाउँका २६ बर्षिय दिल बहादुर थारु र उनका भतिजा २५ बर्षिय राजेश थारुको ज्यान गए थियो ।
मृतक द्धयका एकजनाको श्रीमती गर्भवती र एकजनाको सानो बच्चाको लालन पालनका लागी परिवारले थप क्षतिपुर्ती माग दावी गरेको छ । परिवारले अहिले सम्म शव वुझ्न मानेका छैनन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्