नेपाली चलचित्रको पाश्र्व गीत तथा नेपाली गीत संगितको क्षेत्रमा आफ्नो बेग्लै पहिचन बनाएकी गायिका शर्मिला बर्देवाले खै त मायाले कुरा बुझेको भन्दै प्रमोद शर्मालाई शुधिर श्रेष्ठ र बिना रावतको माध्यमबाट भनेकी छन । तर यो वास्तबिक जिवनमा नभई गीतमा भनिएको हो । हजुर दिनेश राज पुरीको शब्द,राजेन्द्र बजगाईको संगित तथा संगित संयोजन, प्रमोद शर्मा र शर्मिला बर्देवाको आवाज रहेको “खै त मायाले कुरा बुझेको” बोलको गीत म्युजिक नेपाल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । प्रमोद शर्मा संगीत कै पारिवारिक पृष्ठ भुमीबाट आएका हुन भने बिगत लामो समय देखि बिदेशमा रहेर पनि गीत संगीतको क्षेत्रमा योगदान दिँदै नेपाली संस्कृतीको पहिचान पनि गर्दै आएका छन साथै शर्मिला बर्देवा युकेमा बस्दै आएपनि लामो समयको संगित यात्रालाई निरन्तरता दिदै आईरिहेकी छन । स्टुडियो २१,म्युजिक किचन र स्टनवेल स्टुडियो लन्डनमा रेकडिङ्ग गरिएको गीतको मिक्स माष्टरिङ्ग मनोज परियारले गरेका हुन ।

सियोन श्रेष्ठको नृत्य तथा निर्देशन रहेको गीतमा शुधिर श्रेष्ठ, बिना रावत र श्री स्वस्थानी तामाङ्गको अभिनय रहेको छ । गगल फेदी फील्म स्टुडियोमा छायाकंन गरिएको गीतमा छायाकंन करन चैसीर,सम्पादन तथा कलर शिलन लम्सालले गरेका छन भने प्रोडक्सनमा निर्मल न्यौपाने र ग्रुप लिडर राजाराम सीम्खडाको रहेको छ । गीतमा श्रींगार कबिता टोलाङ्गीको रहेको छ ।