पछिल्लो समय केही गीतहरुले खस्कीदै गएको नेपाली गीत संगित क्षेत्रलाई माथि उठाउने प्रयास गरिरहेको छ । केही गीतहरु ग्लोबल ट्रेडिङ्गमा पुगे भने केही गीतहरुले दर्शक र श्रोताहरुको मन जित्दै आफ्नो बेग्ले पहिचान बनाए । सोही क्रममा पछिल्लो समय मोडलिङ्ग क्षेत्रलाई अगाल्दै आफ्नो पहिचान बनाउन गीत संगितको क्षेत्रमा होमिएकी श्रीया बडुले अभिनय गरेको “यो मनको कुरा” बोलको गीत श्रीया बडुको आफ्नै यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
गीतमा शब्द संगित भिम बिसी,संगित संयोजन केशव बडु,आवाज सीमरन परियार र एन्जिला रेग्मीको रहेको छ भने मारुनी रेर्कडिङ्ग गरिएको गीतको मिक्सिङ्ग तथा माष्टरिङ्गकुमार रानाले गरेका हुन ।

बिशाल कैनीले निर्देशन गरेको गीतको भिडियोमा श्रीया बडु र सोना बज्रचार्यको अभिनय रहेको छ । अमन बडु र टीमको छायाकंन रहेको भिडियोमा नीर्मला आचार्यको श्रींगार,ईम मिथुनको फोटोग्राफी,मिन रावलको भिडियो सम्पादन तथा कलर रहेको छ भने पल शाहको गेष्ट एपेरियन्स रहेको छ ।