विगत दुई दशक देखि नेपाली गीत संगितमा सक्रिय गायक नारायण थापाको अर्को नयाँ अन्तै माया साटयौ भन्ने बोलको गीत सौगात क्रियशन युट्युब च्यानल मार्फत बजारमा आएको छ । जसमा झगेन धिमालको शब्द, शौगात जंग थापाको संगित, बिशाल निरौलाको एरेन्ज , रन्जन राईको मिक्सिंग मास्टरिंग रहेको छ भने नारायण थापाको स्वरमा रहेको गित अन्तै माया साट्यौमा प्रेममा पाएको धोकालाई कलात्मक ढंगले सम्बोधन गरिएको छ ।
टेलि चलचित्र गाउँ फर्कको शिर्ष गीत गाउँ फर्क, सोेह्रै शृंगार, तिमीलाई नै, कुनै दिन त, रातभरी, आज मृत्युले मलाई लगायत करिब पाँच दर्जन भन्दा बढि गीतमा स्वर दिनु भएका गायक थापाको अजम्बरी —२०७२, परिवेश —२०७७, आकर्षण—२०७९ जस्ता तीन एल्बम बजारमा आईसकेका र चौथो एल्बम आभुषणको तयारीमा रहेको उनले जानकारी दिए ।