माघ ११गते, राप्ती सोनारी ,
पुर्व प्रधानमन्त्री एंव नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड आज बिहीबार बाँकेको खजुरा आउने भएका छन ।
माओवादी केन्द्र खजुरा गाँउपालिकाको तेस्रो पालिका अधिबेशनको उद्धघाटन सत्रको अवसरमा आयोजाना गरिने खवरदारी सभा लाई सम्बोधन गर्न प्रचण्ड आज खजुरा आउन लागेको माओवादी केन्द्रका जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले बताए । त्यस लगत्तै समय भएमा माओवादी अध्यक्ष प्रचण्ड नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जमा आयोजनाको गरेको प्रादेर्शिक महोत्सवको पनि उद्घाटन गर्ने भएका छन् ।
खवरदारी सभाको सम्पुर्ण तयारी पुरा भएको संयोजक पाण्डे ले जानकारी दिएका हुन । माओवादीले खवरदारी सभा कार्यक्रममा हजारौं मानिसहरुलाई उतार्ने जनाएको छ ।
खजुरा बजारको दुर्गा मन्दिर परिसरमा आयोजना गरिने खवरदारी सभा लाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड , लुम्बिनी प्रदेशका ईन्चार्ज एंव सचिव चन्द्र प्रकाश खनाल बलदेव, सह ईन्चार्ज एंव लुम्बिनी प्रदेशका पुर्व मुख्य मन्त्री कुल प्रसाद केसी सोनाम, अध्यक्ष सुर्दशन बराल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।