
नेपालगन्ज, बैशाख२६,शुक्रबार
भारत र पाकिस्तानको युद्ध चर्कि रहेको बेला नेपाल भारत सिमानाका जमुनाहाको रुपैडिहामा आर्मि ड्रेस लगाएका एक नेपालीको शंकास्पद शव फेला परेको छ । सिमा नाकाहरुमा भारतले कडाई गरिरहेको बेला कतै आर्मी ड्रेस लगाएका गोरखा फुजेल घर भएका हाल चितवन भरतपुर बस्ने ५० बर्षिय चेत बहादुर पन्त कुनै दुस्मनको सिकार त भएनन, शंका गर्ने थुप्रै ठाउँ छन् ।
बाँके जिल्ला संग जोडिएको नेपाल भारतको सिमा नाका जमुनाहा नाकाको रुपैडिहा बसपार्कमा एक नेपालीको शंकास्पद शव फेला परेको हो । शुक्रबार बिहान रुपैडिहा बसपार्कमा गोरखा फुजेल घर भएका हाल चितवन भरतपुर बस्ने ५० बर्षिय चेत बहादुर पन्त मृत अवस्थामा फेला परेका हुन् ।
४ महिना अघि भारतको एक कम्पनीमा मार्केटिङ गर्न गएका पन्त एकाएक मृत भेटिएका हुन् ।
मृतक पन्तका भान्जा अनमोल कार्कीले ४ दिन अघि मात्रै कुराकानी आफुले गर्दा निकै राम्रो रहेको बताउँदै एक्कासी लाश फेला पर्नु कसैले हत्या गरेको हुन सक्ने आरोप समेत लगाए । उनले भने मैले भिडियो कलमा कुराकानी गर्दा त्यहिँ आर्मि ड्रेस लगाउनु भएको थियो मामाले , मृत भेटिदा पनि उहि ड्रेस छ, कसैको चलखेल हुनसक्छ ।
उनको घरमा एक श्रीमती २ वटा छोरी, र १ छोरा छन् ।
उनी २०५६ सालमा लोक सेवा आयोगको परिक्षामा शिक्षक सेवा आयोग बाट नाम निकालेका थिए । त्यस पछि पन्त जागिर रिजाइन दिएर विदेश तिर लागेका थिए । उनी ५ ÷६ वटा देशमा रोजगारीको शिल शिलामा काम गरेर फर्केका थिए ।
अहिले उनको शव भारतीय प्रहरी चौकी रुपैडिहामा राखिएको छ । उनका आफन्त शव भएको ठाउँमा हिडेको बताइएको छ ।
