
राप्ती सोनारी, फागुन २३,
११५ औं अन्तराष्ट्रिय नारि दिवसको अवसरमा बाँकेको राप्ती सोनारी गाउँपालिकामा विभित कार्यक्रम सुरु गरिएको छ । राप्ती सोनारी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा आज शुक्रबार बाट विभित कार्यक्रम सुरु गरिएको हो ।
तु अल ओम्यान एण्ड गल्र्स, राईट इक्वेलीटि एण्ड इम्पावरमेन्ट, अन्तर्राष्ट्रिय नारासबै महिला तथा बालिकाको लागी अधिकार समानता र सशक्तीकरण भन्ने राष्ट्रिय नारा सहित आज राप्ती सोनारी गाउँपालिकामा र्याली, १ सय मिटर दौड र वत्तृmत्वकला प्रतियोगीता गरिएको छ । गाउँपालिका अन्तरगतका महिला कर्मचारी, निजि संघ संस्थाका कर्मचारी, जनप्रतिनिधि सहित र्याली गरिएको हो ।
राप्ती सोनारी गाउँपालिका कि उपाध्यक्ष मनिशा सिंह थारुको उपस्थितिमा संयौ महिलाहरुको समुहले गाउँपालिकाको कार्यालय हुँदै र्याली अगैया बजार परिक्रमा गरेको थियो । गाउँपालिकाले वत्तृmत्वकला र दौड प्रतियोगीतामा प्रथम हुनेलाई ५००० हजार, द्धिृतिय हुनेलाई ३००० हजार, तृतिय हुनेलाई २००० हजार र सान्त्वना हुनेलाई १ हजार ५ सय पुरस्कार दिएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको कार्यक्रम अन्तरगत भोली शनिबार २४ गते साँझ ५ बजे गाउँ कार्यपालिकाको कार्यालय र वडा कार्यालयमा दिप प्रज्वलन गर्ने भएको छ । यसैगरी आइतबार २५ गते वडा न. ८ को कार्यालय शम्शेरगन्जमा समन्वयात्मक चेतना मुलक कार्यक्रम गर्ने भएको छ ।