spot_img
होमपेजखेलकुदराप्ती सोनारीमा मिसन गोजुरियो कराँते च्याम्पियन सीप २०८१ उपाध्यक्ष कप सुरु

राप्ती सोनारीमा मिसन गोजुरियो कराँते च्याम्पियन सीप २०८१ उपाध्यक्ष कप सुरु

- Advertisement -spot_img

इश्वरी के.सी, राप्ती सोनारी, फागुन २२,
राप्ती सोनारी गाउँपालिकामा आज बिहीबार बाट मिसन गोजुरियो कराँते च्याम्पियन सीप दोस्रो उपाध्यक्ष कप २०८१ प्रतियोगीता सुरु भएको छ ।
राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नारा सहित राप्ती सोनारी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगीतामा ,जापान गोजुरियो कराँते डो संघ बाँके नेपालले पनि सहकार्य गरेको छ ।
भोली शुक्रबार सम्म हुने दुई दिने च्याम्पियन सीप उपाध्यक्ष कपमा राप्ती सोनारीका १३ विद्यालयका गरि २०५ जना खेलाडीहरुले भाग लिएका छन् ।
राप्ती सोनारी गापा उपाध्यक्ष मनिसा सिंह थारुको सभा अध्यक्षमा भएको उद्घाटन शत्रमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल, विशिष्ट अतिथी लुम्बिनी प्रदेश खेल्कुद परिषद सदस्य सचिव तिरणदाज गौतम, –राप्तिसोनारी खेलकुद विकास समिती संयोजक तेज बहादुर सुवेदी, गोजुरियो कराँते संघका संस्थापक अध्यक्ष के.बि.राणा काजी लगायतका अतिथिहरु रहेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्