spot_img
होमपेजजन आवाजराप्ती सोनारीका मुख्य चोकहरु सिसि क्यामराको निगरानीमा

राप्ती सोनारीका मुख्य चोकहरु सिसि क्यामराको निगरानीमा

- Advertisement -spot_img

बैजापुर, वैशाख २३
राप्ती सोनारी गाउँपालिकाको सबै वडा कार्यालय र मुख्य चोक अब सिसि क्यामराको निगरानीमा हुने छ । राप्ती सोनारी गाउँपालिकाले १ देखि ९ वटा वडा कार्यालय र मुख्य चोकहरुमा पावरफुल सिसि क्यामरा जडान कार्य सुरु गरेको छ । जस्का कारण काम कर्तब्य र शान्ति सुरक्षामा मद्दत पुग्ने देखिएको छ ।
राप्ती सोनारी गाउँपालिकाको सबै वडा कार्यालय र मुख्य चोकमा सिसि क्यामरा जडान सुरु गरिएको छ ।
जनतालाई दिने सेवा सुविधा बारे वडा कार्यालयलाई निगरानी राख्न र चोक चौराहमा बढ्दो सडक दुर्घटना न्युनिकरण गर्न, गैरकानुनी कार्य रोक्न सि सि क्यामरा जडान कार्य सुरु गरिएका पालिकाले जनाएको हो ।
राप्ती सोनारी गाउँपालिकाले २८ लाख ५० हजार लागतमा सिसि क्यामरा जडान कार्य गरिरहेको जनाएको छ । पलिकाले अहिले सम्म वडा न. ३ को वडा कार्यालय र भवनियापुर चोकमा सिसि क्यामरा जडान गरेको छ । वडा न. ५ को बिनौना चोक र वडा कार्यालयमा पनि जडान गरि सकिएको छ ।
यसैगरी वडा न. ६ को वडा कार्यालय र कुण्डा चोकमा सिसि क्यामरा जडान गरेको छ । यसैगरी वडा न. ७ को वडा कार्यालय र अमरज्योती स्कुल चोकमा सिसि क्यामरा जडान गरि सकेको छ । वडा न. १ को कार्यालय, वडा न. २ को कार्यालय, वडा न. ८ को कार्यालय, शम्शेरन्गन्ज चोक, वडा . ९ को कार्यालय र ढकेरी चोकमा भने जोड्न बाँकी रहेको पालिकाले जनाएको छ ।
यस अघि जडान गरि सकिएको वडा न. ४ को कार्यालय र बैजापुर चोक, अगैया चोक, कुशुम बजारको सिसि क्यामराको भने मर्मत सम्भार गरिने भएको छ ।
राप्ती सोनारी गाउँपालिकाले सबै वडा कार्यालयको सिसि क्यामराको प्रत्यक्ष निगरानी भने पालिकाको कार्यालय बाट गर्नेछ । चोक चौराहमा जडान गरिएको सिसि क्यामराको कन्ट्रोल भने नजिकैको प्रहरी कार्यालयले गर्ने भएको छ ।
यस अघि वडा न. ६ को कार्यालयमा चोरी हुँदा अहिले सम्म चोरी गर्ने समुहको बारेमा प्रहरीले पत्ता लगाउन नसकेको भन्दै, शान्ति सुरक्षा, भौतिक संरचनाको सुरक्षा लगायत वडाको काम कर्तब्यको निगरानी राख्नलाई सिसि क्यामरा जडान गरिएको राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलेको भनाई छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्