spot_img
होमपेजजन आवाजशिक्षामा सहज पहुँचका लागी राप्ती सोनारी ३ का ५६ जना विपन्न बालबालिकालाई...

शिक्षामा सहज पहुँचका लागी राप्ती सोनारी ३ का ५६ जना विपन्न बालबालिकालाई पोषाक वितरण

- Advertisement -spot_img

कृष्ण के.सी, राप्ती सोनारी, चैत्र ४,
राप्ती सोनारी गाउँपालिका वडा न. ३ का ५६ जना विपन्न बालबालिकाहरुलाई विद्यालय पोषाक उपलब्ध गराइएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा सोमबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर विद्यालय पोषाक वितरण गरिएको हो ।
क्षात्रवृति कार्यक्रम अन्तरगत शिक्षामा सहज पहुच पुर्याउने उद्देश्यले वडाका ४ वटा विद्यालयका ५६ जना विपन्न विद्यार्थीहरुलाई शट र पाइन्ट वितरण गरिएको पोषाक वितरण व्यवस्थपाक सरसस्वती मा.विका प्र.अ ललित चौधरीले जानकारी दिए ।
वडाको शिक्षा गुणस्तरिय बनाउनका लागी गत बर्ष विद्यालयलाई एलसिडि उपलब्ध गराएको र यस बर्ष विपन्न विद्यार्थीहरुलाई पोषाक वितरण गरिएको वडा अध्यक्ष मिन कुमार चौधरीले बताए । उनका अनुसार गणेश आधारभूत खैरहनी, जन ज्योती नारायणपुर, जनजागृति नवलपुर र सरस्वती मा.वि भवनीयापुरमा अध्ययनरत विपन्न बाल बालिकालाई पोषाक वितरण गरिएको हो । जम्मा १ लाख २५ हजार बजेटमा वडाकप, पोषाक वितरण, वडा स्तरिय परिक्षा सम्पन्न गरिएको समेत वडा अध्यक्ष चौधरीको भनाई थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्