
राप्ती सोनारी/ फागुन १०,
पटक पटक मृत्युको मुख बाट भाग्यले जोगिएका युक्रेन युद्धका एक जिउँदा योद्धा बाँके जिल्ला बैजनाथ ३ गाभर थारु गाउँका परशुराम चौधरीको कहाली लाग्दो कथा । रसियन सेना भई अहिले उनी विगत डेढ बर्ष देखि युक्रेन युद्धको रणभूमिमा छन् ।
सबैभन्दा डर लाग्दो, कहाली लाग्दो, र होश उडाउने शब्द हो मृत्यु, अझ सबैभन्दा बढि आफ्नै मृत्यु सुन्दा देख्दा,पर्दा र भोग्दा को स्तब्ध हुँदैन न र ? यी प्रत्येक पल परशुरामले नजिक बाट नियालेका छन् भोगेका छन् ।
गाभरका परशुराम चौधरी तत्कालिन सशस्त्र युद्ध चर्किएको बेला २०५९ सालमा सशस्त्र प्रहरीमा भर्ना भए । सशस्त्र प्रहरीको १६ बर्षिय लामो सेवा बाट उनी २०७५ सालमा अवकास लिए ।
परशुराम चौधरी २०२३ मा रसियन सेनामा भर्ना भाई रसिया र युक्रेनको युद्धमा होमिए ।
उनी युद्धमा होमिएको अहिले १५ महिना भयो, यस विचमा हरेक दिन जिवन र मरणको दोषाधमा उनी उभ्भीन बाध्य छन् । थुप्रै वार युद्धमा सामना गरेका परशुराम संगैका लाखौं सेना प्राण त्यागि सकेका छन् । त्यस मध्ये ज्यान गुमाउने संगैका नेपाली साथीहरु पनि थिए ।
२०२२ बाट सुरु भएको युक्रेन र रुसको युद्धमा ४ लाख बढि सेनाले ज्यान गुमाई सकेका छन् । अहिले सम्म मारिएको मध्ये ४० बढि सेना नेपाली थिए, तर सरकारी तथ्याङ्कमा भने कम छ । १५ महिना देखि परशुराम थारु न राम्रो संग खान पाएका छन् न त सुत्न पाएका छन् , अधिकाँश समय हिउँ परेको विकट ठाउँमा युद्ध गरिरहेका छन् ।
थुप्रै वारको लडाईमा तीन पटक उनी घाइते भए तर उनी भाग्यले बाचेका छन् । गत बर्षको मे महिनामा उनलाई हिपमा गोली लाग्यो, दोस्रो पटक उनको पेटमा छर्रा लाग्यो, अप्रेशन गर्नुपर्यो, तेस्रो पटक दाहिने हात, दुवै खुट्टामा गोली लाग्यो, आँखी भाउँ जल्यो, शरिरमा छर्रा बोकेर युद्धमा छन् । अहिले पनि उनी युक्रेनको डोनेक्स भन्ने स्थानमा छन् ।
जागिर बाट विदा लिएका परशुराम चौधरी ५ बर्ष सम्म काठमान्डौ लोकन्थलीमा रहेको निष्ट स्कुल भक्तपुरमा टेकवाण्डोको कोच भएर विताए ।
हामी सबैले कामना गरौ परशुराम चौधरी सकुशल घर फर्किउन , राज्यले यस्ता थुपै नेपालीहरुलाई मृत्युको मुख बाट ल्याउन कुटनितिक पहल गर्न आवश्यक छ ।
