spot_img
होमपेजजन आवाजभेरी अस्पतालबाट मृगौला प्रत्यारोपन सेवा सुरु, एकै दिन २ जना पुरुषमा सफल...

भेरी अस्पतालबाट मृगौला प्रत्यारोपन सेवा सुरु, एकै दिन २ जना पुरुषमा सफल प्रत्यारोपन

- Advertisement -spot_img

राप्ती सोनारी, बैशाख ०९
पश्चिम नेपालका मृगौला रोगी विरामीहरुको लागि निकै खुशिको खबर छ ।
निकै महंगो र निकै जटिल मानिने मृर्गौला प्रत्यारोपन सेवा मंगलबार बाट नेपालगन्जको भेरी अस्पतालमा सुरु भएको छ ।
अस्पतालले एकैदिनमा २ जना पुरुषमा सफल मृगौला प्रत्यारोपन गरेको छ । मृगौला पीडित ४० र ३७ वर्षका द्धयको श्रीमतीहरुले मृगौला दान दिएपछि सफल प्रत्यारोपन गएिको अस्पतालले जनाएको छ । यो सँगै भेरी अस्पताल मृगौला प्रत्यारोपन गर्ने लुम्बिनी प्रदेशकै पहिलो अस्पताल भएको छ । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. निराजन सुवेदीले दुई जना पुरुषमा सफल मृगौला प्रत्यारोपन गर्न सफल भएको जानकारी दिदै आफु संग केहि दक्ष जनशक्ति भएको भन्दै राज्यले ध्यान दिए, यस सेवालाई निरन्तरता दिने उल्लेख गरे । बाइट
सहिद धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठसहित १४ जनाको टिमले उक्त प्रत्यारोपन सेवा सफल पारेको हो ।
नेपालको काठमाण्डौ लगायत सिमित स्थानमा हुने गरेको मृगौला प्रत्यारोपनमा २० देखि २५ लाख सम्म खर्च लाग्ने गरेको छ ।
अस्पतालमा हाल मृगौला प्रत्यारोपन गर्नका लागि यूरोलोजी विशेषज्ञ, डा. दिपेश गुप्ताले लाईसेन्स (अनुमति) प्राप्त गरिसकेका छन् । उनीसहित अन्य विशेषज्ञ चिकित्सकहरु पनि अस्पतालमा कार्यरत छन् ।
अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्रबहादुर शाहले मृगौला प्रत्यारोपन सेवाले भेरी अस्पतालको उचाई झनै बढाएको बताए । ‘मृगौला प्रत्यारोपन सेवाले अस्पतालको उचाई थपेको छ,’ उनले भने ‘अझैपनि अस्पतालमा सेवा थपिदै जानेछन् ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्