
“
लामो समय देखि बिदेशमा रहेर पनि नेपालि गीतसंगित लाइ निरन्तरता दिदै आएका गायक आशिर्बाद सुबेदी बिगत २ दशक देखि साङितिक संसारमा रम्दै आएका गायक सुबेदीले अहिले केहि फरक स्वादमा ओह प्रीयसी बोलको गीत पस्केका छन।
गीतमा गायक तथा एरेन्जर बिनय कार्कीले र्याप गायर साथ दिएका छन भने गीतको म्युजिक एरेञ्ज पनि बिनयले नै गरेका हुन।
शब्द,संगीत कृष्ण राज भण्डारीको रहेको गीतलाई
लब अनि रोमान्सको शैलीमा तयार गरिएको हो।
बिनय बिगत २ दशक देखि सांगीतिक क्षेत्रमा योगदान दिदै आरोही बिट्स स्टुडियो चलाउदै आएका छन ।
भाइब्स एण्ड वेभका संचालक समेत रहेका चर्चित कोरियोग्राफर तथा निर्देशक राहुल शाहले यस गीतको म्युजिक भिडियो निर्माण गरेका हुन् भने गीतमा अभिनय , कोरियोग्राफर , निर्देशन पनि राहुलको नै रहेको छ। साथमा भावना उप्रेती, राहुल शाह , प्रिन्स राज अनि बिनय कार्कीले पनि अभिनयमा साथ दिएका छ्न ।
भिडियोमा सस्पेन्स , रोमान्टिक र रमाइलो नृत्य रहेको छ । चर्चित DOP हरि हुमागाई ले क्यामेरा मा साथ दिएको छन । उक्त गीतले सफलता मिलोस सम्पुर्ण टीम लागाएत गायक आशिर्बादलाई शुभकामना ।