spot_img
होमपेजजन आवाजराप्ती सोनारी ३ सिनावाजमा राप्ती नदीमा डुबेर युवतीको मृत्यु

राप्ती सोनारी ३ सिनावाजमा राप्ती नदीमा डुबेर युवतीको मृत्यु

- Advertisement -spot_img

राप्ती सोनारी ३,
बाँकेको राप्ती सोनारी ३ सिनावाजमा शनिबार राप्ती नदीमा डुबेर एक जना युवतीको ज्यान गएको छ । माछा मार्न गएकि सिनावाज निवासी १८ बर्षिया युवती दिक्षिका चौधरीकोको राप्ती नदीमा डुबेर मृत्यु भएको हो । ठग्गु थारुको १८ बर्षिया छोरी दिक्षिका गाउँले महिलाहरु संग माछा मार्न गएको बेला राप्ती नदीमा डुबेर ज्यान गएको राप्ती सोनारी ३ का वडा अध्यक्ष मिन कुमार चौधरीले जानकारी दिएका छन् । बिहान भात खाएर ११ बजेतिर माछा मार्न गएको बेला ११ जना महिला संगै पानीमा डुबेका थिए, प्रत्यक्षदर्शिहरुका अनुसार नजिकै रहेका कृष्ण चौधरीले अरु महिलाहरुलाई डुब्न बाट बचाएका थिए ।
युवतीको शव करिव एक घन्टा पछि इलाका प्रहरी कार्यालय धामपुर बाट गएको प्रहरी टोली र स्थानीयहरुले शव वरामद गरेका थिए । अहिले पोष्टमार्टमको लागी नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्