spot_img
होमपेजजन आवाजचिलहरियमा फाल्गुन १ गते बाट ११ गते सम्म महोत्सव लाग्दै

चिलहरियमा फाल्गुन १ गते बाट ११ गते सम्म महोत्सव लाग्दै

- Advertisement -spot_img

इश्वरी के.सी – बैजापुर,
बाँकेको राप्ती सोनारी गाउँपालिका ५ चिलहरियामा रहेको रङ्गशालामा महोत्सव लाग्ने भएको छ । राप्ति सोनारी उद्योग वाणिज्य संघको आयोजनामा प्रथम राप्ति सोनारी कृषि, व्यापार एवं पर्यटन महोत्सव २०८१ आगामी फागुन १ गतेदेखि ११ गतेसम्म हुन लागेको हो । आज शुक्रबार पत्रकार सम्मेलन गरेर संघले तयारी बारे जानकारी समेत गराएको छ ।
संघले स्थानीय आर्गनिक,रैथाने कृषि उत्पादन, स्थानीय स्तरमा उत्पादित बस्तु स्वदेशी उद्योगले उत्पादन गरेको बस्तुको संरक्षण प्रर्वदन तथा बजारीकरण गर्ने महोत्सवको मुख्य लक्ष्य रहेको छ ।
महोत्सवमा पर्यटन प्रवद्र्धनका कार्यक्रम, साँस्कृतिक प्रस्तुति, बालउद्यान र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू समेत रहनेछन्। राप्ती सोनारी र नरैनापुरमा रहेका धार्मीक र पर्यटकिय क्षेत्रको संरक्षण र त्यसको प्रचार प्रसारमा महोत्सवले टेवा पुग्ने आयोजकले दावी गरेको छ ।
महोत्सवमा स्थानीय कृषि उत्पादन, लघु तथा घरेलु उद्योगका सामग्री, आधुनिक प्रविधिहरू, पर्यटन प्रवद्र्धनका कार्यक्रम, साँस्कृतिक प्रस्तुति, बालउद्यान र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू समेत रहनेछन ्। महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । राप्ति सोनारी उद्योग वाणिज्य संघले महोत्सवमा संकलन भएको पैसाले संघको आधुनिक भवन बनाउने लक्ष्य राखेको छ । महोत्सव दिउँसो ३ बजेदेखि रातीको ९ बजे सम्म सन्चालन हुने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्