काठमाडौं | बिगत लामो समयदेखि अभिनयमा सक्रिय कलाकार प्रतिक्षा काफ्ले र प्रज्वल राज भट्टको अभिनय रहेको प्रेमभावयुक्त गीत “दिल आफ्नै थियो” हालै फाक्थुंगलुंग ईन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
यो गीतमा गायक नारायण थापा र नित्याशिवाको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द शंकर अधिकारी घायलले लेखेका हुन् भने संगीत बिकाश चौधरीले गरेका छन्।
गोबिन्द सोनीले मिक्सिंग र मास्टरिङ गरेका छन्। भिडियो पक्षमा पनि उत्कृष्ट टिमको समावेश छ छायांकन सुबिन गोदार, सम्पादन राकेश दाहाल, श्रृंगार सबिना गुरुङ र निर्देशन प्रकाश धितालले गरेका हुन्।
भिडियोमा “दिल आफ्नै भएपनि अरूका लागि मायामा धड्किने भावलाई कलात्मक र भावुक शैलीमा प्रस्तुत गरेको छन् निर्देशक प्रकाश धितालले । भिडियोमा देखाइएको समर्पण, प्रेम र भावनात्मक गहिराइले दर्शकको मन छुने अपेक्षा गरिएको छ |