spot_img
होमपेजराष्ट्रिय समाचारनेपाली पत्रकारहरूको लागि चिनियाँ कक्षा संचालन

नेपाली पत्रकारहरूको लागि चिनियाँ कक्षा संचालन

- Advertisement -spot_img

काठमाडौं । काठमाडौंमा एक समारोहबिच नेपाली पत्रकारहरुका लागि चिनिया भाषा कक्षाको उदघाटन गरिएको छ । सोमबार चिनियाँ दूतावा र काठमाडौं विश्वविद्यालयको समन्वयमा नेपाली पत्रकारहरूको लागि चिनियाँ कक्षाको उदघाटन गरिएको हो ।

कार्यक्रममा पत्रकार किशोर श्रेष्ठले नेपाली र चीनबीच नजिकको सम्बन्ध भएपनि भाषाका कारण समस्या हुने भएकाले भाषाबारे ज्ञान लिन आग्रह गरे । उनले भाषा र शब्द चयनमा ख्याल नगर्दा सम्बन्धमा पनि धेरै समस्या पर्ने गरेको बताए ।

कार्यक्रममा चिनियाँ दूतावासका प्रतिनिधि, शिक्षाविद् र पत्रकारहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

समारोहको उदघाटन गर्दै, चीनका प्रतिनिधि श्री लि श्वाङ चेंगले भाषाको सिकाइको महत्त्व र त्यसका लागि आवश्यक मेहनतको बारेमा चर्चा गरेका छन् ।

उनले भने, ‘भाषा सिक्न चाँडै सफलता पाउने कुरा होइन । यसले निरन्तर प्रयास र धैर्यको आवश्यकता पर्छ । सिकाइको क्रममा विभिन्न चुनौतीहरूको सामना गर्नुपर्नेछ, तर तपाईंको शिक्षक र संस्थान सधैं तपाईंको साथमा रहनेछन्, तपाईंलाई मार्गदर्शन र सहयोग प्रदान गर्नेछन ।’

कार्यक्रमले नेपाली पत्रकारहरूलाई चिनियाँ भाषा र सांस्कृतिक ज्ञानको बारेमा थप जानकारी र प्रशिक्षण प्रदान गर्ने उद्देश्य राखिएको छ ।

‘मलाई विश्वास छ कि चिनियाँ कक्षाबाट सबै नेपाली मिडिया प्रशिक्षकहरूले चिनियाँ भाषामा उल्लेखनीय सुधार गर्नेछन् । तपाईंहरू चिनियाँ भाषा सिकेर दुई देशबीचको सांस्कृतिक आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेल्न सक्नुहुन्छ’, उनले भने ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्