
ईश्वरी के.सी,राप्ती सोनारी, फागुन १७,
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा न. ४ धामपुरमा रहेको नेरा मा.विमा ४ कोठे पक्की भवनको शिलान्यास गरिएको छ । संघिय सरकारले शैक्षिक सुधार कार्यक्रम अन्तरगत दिएको ५५ लाख बजेटमा ४ कोठे पक्की भवन बन्ने भएको हो । उक्त बजेटमा छात्र, छात्राको शौचालय सहितको ४ कोठे भवनको राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल र वडा न. ४ का वडा अध्यक्ष मिनराज खड्का सन्तोषले संयुक्त रुपमा शिलान्यास गरेका हुन । कक्षा १० सम्म कक्षा संचालन रहेको नेरा मा.वि धामपुरमा चार कोठे पक्की भवन निर्माणले पठन पाठनमा विद्यार्थीहरुलाई सहज हुने छ । शिलान्यास कार्यक्रममा उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कान्छा थारु, टोल विकास संस्थाका अध्यक्ष तुलसीराम थारु, सामुदायिक बन समितिका अध्यक्ष बाँधुराम थारु लगायतहरुको उपस्थिति रहेको थियो । ४ कोठे भवन विव्यसले आफै जिम्मा लिएर निर्माण गर्ने भएको छ ।