राप्ती सोनारी,
गएराती बाँकेको कोहलपुर २ बहर्दहवामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको घटना स्थलमै ज्यान गएको छ, भने २ जना घाइते भएका छन् । बिबाह बाट घर फर्कने क्रमम मोटरसाईकल स्पीड कन्ट्रोल नहुँदा कोहलपुर १५ का अनुप कुमार थारु (जय प्रकाश) को मृत्यु भएको छ ।
विहिबार राती विहेबाट घर फर्किने क्रममा भे १२ प ४२६८ नम्बरको मोटरसाइकलमा सवार रहेका थारुको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
घाइते हुनेमा कोहलपुर नगरपालिका—१५ चौधरीया ईसम थारु र जिवन थारु रहेका छन् । घाइतेहरुलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।