spot_img
होमपेजअन्तर्राष्ट्रिय समाचारलिभर ड्यामेज श्रीमान बचाउन यशोदा देउवाको आग्रह

लिभर ड्यामेज श्रीमान बचाउन यशोदा देउवाको आग्रह

- Advertisement -spot_img

काठमाडौं/विगत लामो समय देखि डडेल्ढुरा अमरगढी नगरपालिका ५ खलंगा निवासी ४० बर्षिय प्रदिप कुमार नगरकोटी काठमाण्डौं टिचिङ अस्पताल महाराजगंजमा उपचारत छन् । विगत २ बर्ष देखि कलेजोको समस्या भएर विभिन्न स्थानमा उपचार गराई रहेका नगरकोटीको अवस्था नाजुक बन्दै गएपछि अहिले टिचिङ अस्पतालको ग्याँस्ट्रो वार्ड मा भर्ना भएका छन् ।
अस्पताल प्रशासनले तत्काल लिभर ट्रान्सपलान्ट गर्न भनेको छ । उनको अहिले पेट पुरै सुजन भएको छ । लिभर ट्रान्सपलान्ट गर्न करिव ४० देखि ५० लाख सम्म खर्च आउने देखिएपछि आर्थिक अभावका कारण उनको उपचारमा समस्या देखिएको छ ।
आर्थिक रुपमा निकै कमजोर रहेका उनीहरुको परिवारमा जम्मा ३ जना सदस्य मात्र छन् । घरको कमाउने परिवार पाल्ने श्रीमान नै रोगले थला परेपछि २ बर्ष देखि उपचार खर्च जुटाउन र छोरा पाल्न निकै धौंधौ परेको नगरकोटीका श्रीमती यशोदा देउवाले दुखेसो सुनाईन । डडेल्ढुरामा उपचार सम्भव नभएपछि उनी श्रीमान र १० बर्षको छोरा लिएर २०७९ सालमा काठमाडौं आएको बताइन । उनले गहँभरी आँसु झार्दै भनिन अहिले सम्म ऋण सापत गरेर १० ÷१५ लाख रुपैयाँ खर्च गरिसके तर श्रीमानलाई सन्चो भएको छैन । अझ लिभर ड्यामेज भयो ट्रान्सपलान्ट गर्न तत्कालै भनेको छ, आफु संग पैसा छैन के गर्ने उनको श्रीमतीको विलौना थियो । उनले अहिले सम्म आफ्नो गरगहना, जग्गा जमिन बेचेर उपचार गराई सकेकोले थप उपचारको लागी निकै समस्या रहेको जनाईन । ४० बर्षिय आफ्नो श्रीमान बचाउनका लागी उनले सबै संग हार गुहार गरेकि छिन् । उनले लिभर ट्रान्सपलान्टको लागी ४० देखि ५० लाख रकम जुटाउने आफुमा कुनै उपाय नभएकोले जसरी पनि सहयोग गरेर श्रीमानलाई बचाईदिन आग्रह गरिन । उनले चिने जानेकाले सक्दो सहयोग संगै अस्पताल प्रशासन संग निशुल्क उपचारको व्यवस्था गरिदिन अनुरोध गरेकि छिन । उनको श्रीमान यस अघि होटल सन्चालक थिए भने उनको श्रीमती एक संस्थामा जागिरे थिइन । श्रीमान बचाईदिन आग्रह गर्दै सहयोग गर्न चाहनेले माछापुछ्रे बैंकमा रहेको १६७०९७६७२२२०००१६ या मोवाईल नम्बर ९८६८८५८९१४ मा सम्पर्क गरिदिन हुन आग्रह गरेहि छिन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्