सृजना देवकोटा÷ राप्ती सोनारी,
आज मंगलबार राप्ती सोनारी गाउँपालिकामा पालिका स्तरीय भूमि सहजीकरण समितिको बैठक सम्पन्न भएको छ । राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा प्रतिनिधि सभा सदस्य माननीय सूर्य ढकाल ज्यू, लुम्बिनी प्रदेश सभा सदस्य माननीय कृष्ण केसी नमुना तथा जिल्ला भूमि आयोग, बाँकेका अध्यक्ष घननाथ खनाल ज्यूको विशेष उपस्थिति
रहेको थियो ।
बैठकले गाउँपालिका क्षेत्रभित्र रहेका नागरिकलाई लालपुर्जा वितरण गर्न सहज गर्ने छ । पालिकाले संवन्धीत निकायलाई ३, ४ र ७ नम्बर वडा बाट लालपुर्जा वितरणका लागि सबै प्रकृयामा सहयोग गर्न आग्रह गरेको छ ।