spot_img
होमपेजजन आवाजराप्ती सोनारीमा ६ वटा घाटको गरि ५ करोड ४८ लाख ८ सय...

राप्ती सोनारीमा ६ वटा घाटको गरि ५ करोड ४८ लाख ८ सय ८१ रुपैयाँको ठेक्का लाग्यो

- Advertisement -spot_img

बैजापुर,माघ १५,
राप्ती सोनारी गाउँपालिकाको सबै भन्दा ठुलो आन्तरिक श्रोत नदि जन्य पदार्थ उत्खखनको एक भाग ठेक्का लागेको छ । राप्ती सोनारी गाउँपालिकाले यस बर्ष राप्ती वारी र पारि को गरेर दुई भागमा विभाजन गरेर टेण्डर खोलेको थियो । आज मंगलबार राप्ती वारिको ६ वटा घाटको ठेक्का लागेको हो ।
गाउँपालिकाले गत पुष १४ गते प्रकाशित गरेको सुचना अनुसार राप्ती वारिको ठेक्का लागेको हो ।
सुचना प्रकाशनको अन्तिम दिन आज ५ करोड ४८ लाख ८ सय ८१ रुपैयाँमा मनोज के.सी को एके एस निर्माण सेवाले राप्ती वारीको जलाला घाट, खल्ला टपरी घाट,जंगपुर साईपुर घाट,सिनावाज नयाँ बस्ती घाट, नवलपुर घाट र आलिनगर चाचरफर्का घाटको टेण्डर पारेको राप्ती सोनारी गाउँपालिका कार्यकारी प्रमुख प्रशासकिय अधिकृत गौरव लामिछानेले जानकारी दिए । यद्यपी औपचारिक रुपमा भने आइसकेको छैन ,
राप्ती सोनारी गाउँपालिकाले राप्ती पारि मुगुवा दक्षिण टिकुलीपुर घाट, सिजनिया शम्शेरगन्ज घाट, बग्दैला घाट, परुवा खोला र झिझरि खोला घाटको ६ करोड १९ लाख ७० हजार ५ सय १२ रुपैयाँ र राप्ती वारीको जलाला घाट, खल्ला टपरी घाट,जंगपुर साईपुर घाट,सिनावाज नयाँ बस्ती घाट, नवलपुर घाट र आलिनगर चाचरफर्का घाटको ५ करोड ८ लाख २८ हजार ८ सय ८० रुपैयाँको गरि ११ करोड २७ लाख ९९ हजार ३ सय ९२ रुपयाँको टेण्डर आह्वान गरेको थियो । सुचना प्रकाशित गरेर राप्ती पारिको अर्को टेण्डर पालिकाले आह्वान गर्ने भएको छ ।
राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले आई ईई गरेर ठेक्का प्रकृया गरेको बताउँदै सबैलाई सहयोग गर्न आह्वान गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्