माघ ९, राप्ती सोनारी,
आज बाँकेको राप्ती सोनारी गाउँपालिका ८ ओभरीमा बाघले एक जना बृद्धाको ज्यान लिएको छ । स्थानीय भगवती सामुदायिक बन उपभोक्ता समुह खण्ड ग मा घाँस दाउरा गर्न गएकि ६७ बर्षिया सेती बुढाको बाघले ज्यान लिएको शम्शेरगन्ज प्रहरी चौकीका इन्चार्ज असई जगत बहादुर चौधरीले राप्ती सोनारी टिभीलाई जानकारी दिए । बिहान ११ बजे तिर घर बाट सामुदायिक बनमा घाँस दाउँरा गर्न गएकि ति बृद्धाको बाघले दिउँसो ३ बजेतिर ज्यान लिएको थियो । उनी संगै दाउरा गर्न गएका महिलाहरुले खबर गरेपछि प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्दा बृद्धाको शव फेला परेको छ । बाँके राष्ट्रिय निकुन्ज संगै जोडिएको उक्त सामुदायिक बनमा यस अघि पनि बाघको उच्च जोखिम रहदै आएको छ ।