spot_img
होमपेजप्रदेश समाचारमहादेवपुरी कचनापुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा नयाँ नेतृत्व चयन

महादेवपुरी कचनापुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा नयाँ नेतृत्व चयन

- Advertisement -spot_img

राप्ती सोनारी ८ शम्शेरगन्जमा रहेको महादेवपुरी कचनापुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको पाँचौ बार्षिक साधारण सभाले शेर जंग गौतमको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । जसको उपाध्यक्षमा कालिराम थारु, सचिवमा शेर बहादुर घर्ती, कोषाध्यक्षमा प्रेम सिंह वली, यसैगरी सदस्यहरुमा पहल बहादुर घर्ती, नैनी खत्री, यज्ञ बहादुर कनौ, रेश्मी अधिकारी,विष्णु के.सी, जिवराज अर्याल, तेजेन्द्र के.सी लगायतका रहेका छन् ।
बाँकेको राप्ती सोनारी गाउँपालिकामा रहेको नेकपा माओवादी केन्द्र गाउँ कमिटिले यस पटक सरकारलाई दबाब मुलक कार्यक्रम सहित फागुन १ गते जनयुद्ध दिवस मनाउने भएको छ । सरकारले १० बर्षिय लामो जनयुद्धलाई हिंसाको संज्ञा दिएपछि गाउँ कमिटीले सामाजिक संजाल मार्फत नेता देखि पार्टी सदस्य सम्पुर्णलाई महान जनयुद्ध जिन्दावाद फेस बुक वालमा स्टाटस लेखेर दवाव मुलक कार्यक्रम सहित जनयुद्ध दिवस मनाउने भएको हो । गाउँ कमिटिको हालै बसेको बैठकले राप्ती सोनारी गाउँपालिका वडा न. ६ मा रहेको सहिद पार्कमा पालिका भरिका सहित तथा वेपत्ता गरेर ६९ जनाको परिवारलाई सम्मान गर्ने, झण्डा फहराउने सांस्कृतिक कार्यक्रम गर्ने लगायतका निर्णय भएको नेकपा माओवादी केन्द्र राप्ती सोनारीका अध्यक्ष जनक बहादुर थारुले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्