बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसीप प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।तीन विभागीय र एक भारतीयसहित ८ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई ३-२ सेटमा हराउँदै रनिङ शिल्ड कब्जा गरेको हो ।बुटवल रामनगर खेलमैदानमा बिहीबार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो सेट पुलिसले २५-१८,दोस्रो सेट आर्मीले २५-१८,तेस्रो सेट पुलिसले २५-२० र चौथो सेट नेपाल आर्मीले २५-२२ले जितेको थियो।निर्णायक पाँचौं सेटमा पुलिस माथि हाबी हुँदै आर्मीले १५-७ को फराकिलो अंक अन्तरले सहज जीत निकाल्दै उपाधि चुम्न सफल भयो।