बैजापुर / राप्ती सोनरी गाउँपालिका ३ भुवर भवानी मेलाको टेण्डर बालेन वलिलाई परेको छ । भुवर भवानी संरक्षण समितिले खोलेको टेण्डर राप्ती सोनरी ४ निवासी बालेन वलि लाई परेको हो । मंगलबार खुल्ला गरिएको मेलाको ठेक्का वलिलाई परेको हो । हरेक बर्ष पौष २९ गते देखि माघ ४ गते सम्म राप्ती सोनारी ३ भुवर भवनी मन्दिर परिसर बनघुसरीमा मेला लाग्दै आएको छ । ठेकेदार वलिले अरुको बर्ष भन्दा फरक गर्ने बताएका छन । उनले ५ सय बढी स्टल, स्थानीय कला संस्कृति झल्कने नाच सहित राष्ट्रिय कलाकारको प्रस्तुति रहने बताए । हरेक बर्ष माघिको अवसर पारेर भारत र नेपालका गरि ५० हजार बढी मानिसहरु भुवर भवानीको दर्शन गर्न आउने गरेका छन ।