spot_img
होमपेजजन आवाजफत्तेपुर सडक दुर्घटना अपडेट - आज पनि कुरा मिलेन भोलीबाट अगैयामा सडक...

फत्तेपुर सडक दुर्घटना अपडेट – आज पनि कुरा मिलेन भोलीबाट अगैयामा सडक अवरुद्ध पार्ने

- Advertisement -spot_img

बैजापुर, सडक दुर्घटनामा ज्यान गुमाएका ब्यक्तीका परिवारलाई क्षतिपुर्ति दिने विषयमा आज पनि सहमती हुन सकेन । सहमति नहुँदा मृतकका परिवार र स्थानीय बासिन्दाले गरेको आन्दोलन लम्वीने भएको छ । उनीहरुले हुलाकी राजमार्गको राप्ती सोनारी ६ स्थित नरैनापुर(बैजापुर जोड्ने हुलाकी राजमार्ग अन्तरगत कुण्डा चोकमा प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् । आज बिहीबार पनि जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको छलफलमा सहमती हुन नसकिएपछि आन्दोलन लम्बिने भएको हो । छलफलमा सहभागी नेकपा माओवादी केन्द्र राप्ती सोनारीका अध्यक्ष जनक बहादुर थारुले छलफलमा सवारी धनी पनि नआएको र बस समितिको पनि सामान्य कर्मचारी छलफलमा पठाएर बेवास्ता गरेको आरोप लगाए । पटक पटक छलफलमा बोलाएर बेवास्ता गर्दै मृतकको परिवारलाई झनै पीडा दिएको उनको भनाई थियो । उनले भने आज माग सम्वोधन भएन भने भोली बिहान बाट पुर्वपश्चिम महेन्द्र राजमार्गको अगैयामा पनि सडक जाम गरिने छ । मृतकका आफन्तले सरकारी नियम अनुसार मृतक द्धयको १० लाख र दुईजनाको श्रीमती बाल बच्चाको पालन पोषणका लागी थप क्षतिपुर्तीको माग गरिरहेका छन् । तर बस सन्चालक समिति र बस धनीले भने जम्मा १० लाख मात्रै दिन सक्ने बताई रहेका छन ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुर सर्रामा मंगलबार बेलुका साढे ६ बजेतिर नरैनापुरबाट नेपालगन्ज आउँदै गरेको भे १ ख ३७७४ नम्बरको बसले विपरीत दिशातिर गइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका मोटरसाइकल चालक राप्ती सोनारी(७ फत्तेपुर, सर्रा निवासी २७ वर्षीय दिलबहादुर थारु र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २३ बर्षीय राजेश थारुको मृत्यु भएको थियो ।

क्षतिपुर्तिमा कुरा नमिल्दा परिवारले मृतकको शव बुझेका छैनन् । मृतक द्धय एकै घरका काका र भतिज हुन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्