बाँकेको राप्ती सोनारी गाउँपालिका ४ मा रहेको इलाका प्रहरी कार्यालय धामपुर (बैजापुर) चौकीका इन्चार्ज सहित ९ जना प्रहरीको काज सरुवा गरेको छ । विभिन्न विवादमा मुछिएपछि त्यहाका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) कमल थापा सहित ९ जना प्रहरीलाई कोहलपुर इलाका तानीएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार ईलाका प्रहरी कार्यालय कोहलपुरमा सुब्दार मेजर रहेका वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई ) बाल बहादुर घर्ती मगरलाई नयाँ इन्चार्जको रुपमा पठाएको छ । लामो समय सम्म प्रहरी सेवामा रहेका घर्ती मगर राम्रो छ्वी भएको प्रहरीको रुपमा चिनिन्छन । अवैध उत्खनन गर्ने गिरोहसँग साँठगाँठ असुली धन्दा गरेको समाचार सबैतिर प्रकाशित भएपछि जिल्ला प्रहरी बाँकेले गत मंसिर ७ गते बैजापुर इलाकाको इन्चार्ज भएका सई थापालाई १ महिना नवित्दै कोहलपुर पथएर अर्का वरिष्ठ सई घर्तीमगरलाई धामपुर प्रहरी इन्चार्ज बनाएर पठाएको हो।
स्थानीयदेखि जनप्रतिनिधिले समेतले अवैध उत्खननमा सई थापाको राम्रो मिलेमतो रहेको रहेको जनगुनासो आएपछि समाचार प्रकाशीत भएको थियो। जिल्ला प्रहरी बाँके प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्की याक्सनमा आउँदै सई थापाको स्थानमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट घर्तीलाई शुक्रबार धामपुर पठाएका हुन।
रातिराति राप्ती नदीमा अवैध उत्खनन गर्ने गिरोहसँग विवादित सई थापाले राम्रो मिलेमतोका कारण अवैध असुली गर्दै आएको र मेलाका बारेमा समेत विवादित बनेको भनेर जनप्रतिनिधिहरुले समेत आक्रोश पोख्दै आएका थिए।