spot_img
होमपेजजन आवाजचट्याङ लाग्दा राप्ती सोनारीमा महिलाको मृत्यु

चट्याङ लाग्दा राप्ती सोनारीमा महिलाको मृत्यु

- Advertisement -spot_img

बाँके (राप्ती सोनारी) : चट्याङ लागेर राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ लालपुरमा एक जना महिलाको मृत्यु भएको छ । चट्याङ लागेर अन्य दुई जना महिला पनि घाईते भएका छन् ।

खेत रोपिरहेको अवस्थामा आइतबार दिउँसो चट्याङ लाग्दा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरी घर भई माईत आएकी अन्दाजी ४५ वर्षिया सिता थारुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धामपुरका ईन्चार्ज एवम् प्रहरी नायव निरीक्षक राजेन्द्र बस्नेतले जानकारी दिए ।

चट्याङ लागेर राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ लालपुरका १५ वर्षकी गरिमा थारु र २४ वर्षकी निर्मला थारु घाईते भएको उनले बताए । घाईते दुबै जनाको भेरी अस्पताल नेपालगन्जमा उपचार भईरहेको प्रहरीले जनाएको छ । वर्षासँगै आज दिउँसो राप्ती सोनारी ४ लालपुरमा ठुलो चट्याङ परेको थियो । 

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्