spot_img
होमपेजप्रदेश समाचारअपहरणको आरोपमा कलंकीबाट एक भियतनामी नागरिक पक्राउ

अपहरणको आरोपमा कलंकीबाट एक भियतनामी नागरिक पक्राउ

- Advertisement -spot_img

२७ माघ, काठमाडौं । ललितपुरबाट चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरणको आरोपमा प्रहरीले एक भियतनामी नागरिकलाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका(१२ पाटन बस्ने चेपाङ थरका चार वर्षीय बालकको २४ माघमा अपहरण भएको प्रहरी स्रोतले बताएको छ । राति ८ बजेर २० मिनेट जाँदा ती बालकलाई हराएको भन्दै उनकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

ती बालकलाई भियतनामी नागरिक मि हाङ किन्हालुनले अपहरण गरेको पाइएकाले पक्राउ गरिएको प्रहरीले बताएको छ ।
अपहरण गरेर ती बालकलाई कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा बन्धक बनाइएको अवस्थामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको थियो । अपहरण गरेको आरोपमा २३ वर्षीय भियतनामी नागरिक पक्राउ परेका छन् ।

घटनाबारे पत्रकार सम्मलेन गरेर जानकारी गराउने तयारी प्रहरीले गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्