spot_img
होमपेजराष्ट्रिय समाचारअदालतमा रविको बयान— डिआईजी जस्तो मान्छेलाई शंका गरिन

अदालतमा रविको बयान— डिआईजी जस्तो मान्छेलाई शंका गरिन

- Advertisement -spot_img

पुष २५, पोखरा , पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले बयानमा आफ्नो एउटा पनि चेकमा अक्षर नभएको तर हस्ताक्षर भएको स्वीकार गरेका छन् ।
गत पुस १२ गते सकिएको बयानमा रविले कम्पनीका अध्यक्ष गितेन्द्रबाबु ९जीवी० राईको निर्देशन पालना गर्नु पदीय कर्तव्य र जिम्मेवारी भएको बताउँदै आफू एउटा पनि अक्षर नलेखेको तर हस्ताक्षर गरेको बयान दिएका हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको पुरक अभियोजन पत्र र रविले दिएको बयानकै आधारमा अदालतमा वादी–प्रतिवादीका बीच थुनछेक बहस भएको छ । रविले थुनछेक बहसअघि दिएको बयान कानुन व्यवसायीमार्फत प्राप्त भएको छ ।

कम्पनीको मालिकको निर्देशन पलना गर्नु पदीय कर्तव्य र जिम्मेवारी भएको रविको भनाइ थियो । आफू गोर्खा मिडिया छोडेर बाहिरिएर राजनीतिमा प्रवेश गरेको लामो समयपछि सहकारीको रकम अपचलनको विषय सार्वजनिक बहसमा आएको रविले बताएका छन् ।
जीवी राइले आफ्नो विज्ञतालाई आधार मानी १५ प्रतिशत शेयर सित्तैमा उपलब्ध गराउने सर्तसहित गोर्खा मिडियामा प्रवेश गराएको रविले बयान दिएका छन् । आफ्नो आगमन सुनिश्चित गराउन सुनिश्चित गराउन बैंक खाता खोलिएको र एक हस्ताक्षरकर्ताको रुपमा रहेको उनको बयान छ ।

‘छविलाल जोशीमार्फत टेलिभिजन खोल्ने प्रस्ताव लिएर जीवी राई स्वयं आएका हुन् । सो अगाडी उनीसँग, उनको कुनै पनि व्यवसायसँग र त्यससँग सम्बन्धित कुनै ब्यक्तिवा समूहसँंग मेरो कुनै सम्बन्ध सम्पर्क थिएन,’ रविको बयान छ, ‘सोही कारण सहकारीको रकमसँग मेरो कहीँ कतै साइनो छैन ।’ जीवीसँगको सम्बन्ध गोर्खा मिडियाबाट सुरु भएर गोर्खा मिडियामै गएर टुंगिएको रविको भनाइ छ ।

रविले आफू २०७७ माघ २० गतेदेखि २०७९ असार १ गतेसम्म प्रवन्ध निर्देशकको रुपमा रहेको भन्दै चेकहरु जीवीकै निर्देशनमा काटिने बताएका छन् । वित्तीय व्यवस्थापनको जिम्मेवारी जीवीले आफ्नोमात्र स्वामित्वमा राखेको र कार्य सहजताका लागि चेकको हस्ताक्षरकर्ता मध्ये एक भए पनि निर्णयकर्ता र कम्पनीको मालिक जीवी नै भएको रविको बयान छ ।

गोरखा मिडियाको खाताका चेकमा अन्तिम हस्ताक्षर रहेको व्यक्तिले कम्पनीमा रकम आउँदा–जाँदा कुनै जानकारी, जिज्ञासा राख्नुपर्ने विषयमा पनि रविलाई प्रश्न गरिएको थियो । त्यसको जवाफमा रविले गोर्खा मिडिया नेटवर्कको सम्पूर्ण वित्तीय र आइटी सम्बन्धी सर्वाधिकार केबल आफ्नोमात्र रहन्छ भनेर जीवीले पटक–पटक स्पष्ट पारेको बताएका छन् ।

‘उनीबाट आउने लगानीको स्रोतबारे बुझ्दा उनी नेचर हर्ब्स, नेचर नेस्ट जस्ता ७ वटा देशमा सञ्चालित बहुर्राष्ट्रिय कम्पनीका मालिकसमेत भएको जानकारी पाएको थिएँ । तत्कालीन समयमा उनी विरुद्ध कुनै उजुरी विवाद, मुद्दा छ कि भनी सम्बद्ध बिभिन्न निकायसँग सोधपुछ समेत गरेको थिएँ,’ रविले बयानमा भनेका छन्, ‘प्रारम्भिक लगानीका लागि उनले आफ्नो जग्गा बेचेर र बिभिन्न उल्लेखित बहुर्राष्ट्रिय कम्पनीको मुनाफाबाट रकमको जोहो गरेको जानकारी पाएँ ।’
पुष २५, पोखरा , पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले बयानमा आफ्नो एउटा पनि चेकमा अक्षर नभएको तर हस्ताक्षर भए
तत्कालीन समयमा जीवीविरुद्ध कुनै उजुरी मुद्दा वा सहकारीसँग सम्बद्ध रहेको भन्ने किसिमका समाचारहरु नआएको र उनको कम्पनी पनि कानुनअनुसार नै सञ्चालनमा रहेको औपचारिक जानकारी पाएकाले विश्वास गरेको रविको भनाइ छ । ‘उनका कानुनी सल्लाहकार बाबुराम कुँवर प्रदेश सरकारको प्रमुख एवं महान्यायाधिवक्तासमेतको उच्चतहको जिम्मेवारीमा आसिन भइसकेको व्यक्तित्व भएको, उनका साझेदार छबिलाल जोशी नेपाल प्रहरीको डिआइजीजस्तो उच्च तहबाट अवकाश भएको व्यक्ति रहेको कारणले विश्वास गर्ने पर्याप्त आधार र कारणहरु देखिए,’ रविले बयानमा भनेका छन् ।

बैंकमार्फत आएको डिपोजिटमा आंशका गर्ने आम अभ्यास पनि नभएको उनको भनाइ छ । ‘मैले जीवी राईको आज्ञा, अनुमति र निर्देशनले रविना रिमालमार्फत थप कर्मचारीहरुबाट तयार भइ आएको चेकको हस्ताक्षर गर्ने कोष्ठबाहेक केही पनि हेर्नुपर्ने आवश्यक ठानिनँ र मैले चाहेर कुनै पनि भुक्तानी रोकिने अड्किने अवस्था र त्यस्तो गर्न सक्ने मेरो हैसियत रहेको थिएन,’ रविको जवाफ छ, ‘कम्पनीका कुनै पनि चेक मेरो इच्छाले लेखिएको हुँदैनथ्यो । सम्भवतः एउटा पनि चेकमा मरो अक्षर छैन, हस्ताक्षर मात्रै छ ।’

रवि र श्रीमती निकिता पौडेलको नाममा सञ्चालनमा रहेको विभिन्न खातामा २८ करोड ९१ लख रुपैयाँ जम्मा हुनुको कारण पनि रविलाई सोधिएको थियो । खातामा आएको भनिएको विवरण नै सही नभएको रविले दाबी गरेका छन् । त्यो आफ्नो र श्रीमतीको बैंक खातामा आएको र गएको सम्पूर्ण जोडफल भएको उनको बयान छ
प्रत्येक हप्ता र महिनाजसो उपत्यका बाहिर जाँदा बाटोमै बोलाएर, एयरपोर्टमा भेटेर चेकहरुमा भटाभट हस्ताक्षर गर्नुपर्ने अवस्था रहेको पनि उनले बयान दिएका छन् । कार्यकारी अध्यक्षको निर्देशनमा खाली चेकहरुमासमेत हस्ताक्षर गरी छोड्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘लगानीकर्ताको निर्देशन पालना नगर्ने हैसियत मेरो थिएन । यस किसिमको आपसी विश्वासविना निजी क्षेत्र चल्न गाह्रो हुन्छ,’ रविको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्