spot_img
होमपेजजन आवाजमृतकका आफन्त र स्थानियको आन्दोलन चर्कदै, अगैयामा चक्का जाम, सयौं यात्रु अलपत्र

मृतकका आफन्त र स्थानियको आन्दोलन चर्कदै, अगैयामा चक्का जाम, सयौं यात्रु अलपत्र

- Advertisement -spot_img

माघ ३ राप्ती सोनारी/
ज्यान गएको तेस्रो दिन सम्म क्षेति पुर्तिको विषयमा कुरा नमिल्दा आज झन आन्दोलन चर्किएको छ । गत माघ एक गते राप्ति सोनारी सात सर्रामा बसको ठक्करवाट स्थानिय २६ वर्षिय दिल बहादुर थारु र २५ वर्षिय राजेस थारुको मृत्यू भएको थियो । मृतकका आफन्तले क्षतिपुर्तिको माग गर्दै पूर्व पश्चिम राजमार्गको अगैया चोकमा चक्का जाम गरेका छन । चक्का जामका कारण ओहोर दाहोर गर्ने सयौं सवारी साधन तथा यात्रूहरु रोकिएका छन । जिल्ला प्रहरी कार्यलय बांकेमा भएको छलफलमा आज तेस्रो दिन पनि बस व्यवसायि र बस धनिले सरकारी नियम अनुसार मृतक द्धयको १० लाख मात्रै दिनसक्ने दोहोर्याए पछि कुरा नमिलेको हो । पिडित पक्षले भने मृतक दुईजनाको श्रीमती बाल बच्चाको पालन पोषणका लागी थप क्षतिपुर्तीको माग गरिरहेका छन् । यस अघि विहिवार उनीहरुले हुलाकी राजमार्गको राप्ती सोनारी ६ स्थित नरैनापुर (बैजापुर जोड्ने हुलाकी राजमार्ग अन्तरगत कुण्डा चोकमा प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका थिए । एक गते राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुर सर्रामा मंगलबार बेलुका साढे ६ बजेतिर नरैनापुरबाट नेपालगन्ज आउँदै गरेको भे १ ख ३७७४ नम्बरको बसले विपरीत दिशातिर गइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो ।
क्षतिपुर्तिमा कुरा नमिल्दा परिवारले मृतकको शव बुझेका छैनन् । मृतक द्धय एकै घरका काका र भतिज हुन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्