माघ ४ राप्ती सोनारी/
उचित क्षतिपुर्तीको माग राख्दै पुर्वपश्चिम महेन्द्र राजमार्गको अगैया चोकमा गरिएको चक्काजाम खुलेको छ । मृतकका आफन्त र प्रशासन बीच माग सम्वोधन गर्ने आश्वासन पछि चक्काजाम खुलेको हो । छलफलमा सहभागी राप्ती सोनारी वडा न. ७ का वडा अध्यक्ष राम लखन थारुले जिल्ला प्रहरी कार्यालय बाँकेमा पीडित पक्षको माग सम्वोधन गर्ने प्रशासनले आश्वासन दिएपछि चक्काजाम खोलिएको जानकारी दिए । चक्काजाम खुलेपछि रोकिएका संयौ सवारी साधन र यात्रुहरु गन्तब्यमा लागेका छन् ।
गत माघ एक गते राप्ति सोनारी सात सर्रामा बसको ठक्करवाट स्थानिय २६ वर्षिया दिल बहादुर थारु र २५ वर्षिय राजेस थारुको मृत्यू भएको थियो । पिडित पक्षले १० लाख संगै मृतक दुईजनाको श्रीमती बाल बच्चाको पालन पोषणका लागी थप क्षतिपुर्तीको माग गरेका छन् । यस अघि विहिवार उनीहरुले हुलाकी राजमार्गको राप्ती सोनारी ६ स्थित नरैनापुर (बैजापुर जोड्ने हुलाकी राजमार्ग अन्तरगत कुण्डा चोकमा प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका थिए । एक गते राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुर सर्रामा मंगलबार बेलुका साढे ६ बजेतिर नरैनापुरबाट नेपालगन्ज आउँदै गरेको भे १ ख ३७७४ नम्बरको बसले विपरीत दिशातिर गइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो । मृतक द्धय एकै घरका काका र भतिज हुन ।