spot_img
होमपेजराष्ट्रिय समाचारन्यूनतम राजनीतिक संस्कार कायम गर्नुस् : सांसद गौतम

न्यूनतम राजनीतिक संस्कार कायम गर्नुस् : सांसद गौतम

- Advertisement -spot_img

१३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले न्यूनतम राजनीतिक संस्कार कायम राख्नु नेताहरूलाई आग्रह गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म भन्दा वरिष्ठ नेताहरूलाई न्यूनतम राजनीतिक संस्कार कायम राख्नुहुन अनुरोध छ ।’

सरकारले रवि लामिछानेमाथि दुषित मनसाय राखेर अभियोजन गरिराखेको उनको आरोप छ । दूषित मनसाय राखेर अभियोजन गर्दा पनि नपुगेर सरकारमा रहेका दलका शीर्ष नेताहरूले खुल्लमखुल्ला भाषणहरूमा रवि लामिछानेलाई अदालतले फैसला गर्नु अघि नै अपराधी करार गरेर समाजमा झुठो भाष्य स्थापित गर्न भरमग्दुर प्रयास गरिरहेको उनको टिप्पणी छ ।

सांसद गौतमले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अभियोग त दुराशयपूर्ण थियो नै, हुँदाहुँदा अभियोग नै अन्तिम सत्य हो भनेजसरी स्थापित गर्ने प्रयास भइरहेको छ ।’

यस्तो प्रवृति रोक्न उनको आग्रह छ । अगाडि लेख्छिन्, ‘सत्ताको शक्तिले अदालतलाई यस्तो–यस्तो गर् भन्ने सन्देश दिन खोजेको भान भएको छ । यो प्रवृत्ति रोक्नुहोस् ।’

नेताहरूले गलत प्रवृति बोक्न नहुने उनको आग्रह छ । उनी भन्छिन्, ‘बारम्बार राज्यसत्तामा रहेका र अहिले पनि राज्य सञ्चालनको तालाचाबी हातमा बाकेर हिँडिरहनुभएका तपाईंहरूलाई यसको गरेको पटक्कै सुहाएको छैन । देशमा सुशासन र कानुनको राज स्थापित गर्छौ भन्नेहरूले भाषणबाट फैसला र आदेश गरेको सुहाउँदै सुहाएन ।’
शीर्ष नेताहरूको अभिव्यक्तिप्रति ध्यान दिन सम्बन्ध निकायलाई पनि उनको आग्रह छ ।

उनी लेख्छिन्, ‘स्वच्छ न्याय प्रभाव पार्नेगरी आएका शीर्ष नेताहरूका अभिव्यक्तिप्रति राज्यका सम्बन्धि निकायहरूको गम्भीर ध्यान जावस् । वरिष्ठ नेतृत्वहरूले कम्तिमा न्युनतम राजनितिक संस्कार चै कायम राखिदिनुस ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्