spot_img
होमपेजप्रदेश समाचारकोशीको पहाडी भूभागमा आंशिक बादल , तराई मधेशमा हुस्सु

कोशीको पहाडी भूभागमा आंशिक बादल , तराई मधेशमा हुस्सु

- Advertisement -spot_img

१८ माघ, काठमाडौं । आज बिहान पनि तराईका थोरै स्थानहरुमा हुस्सु कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लागे पनि बाँकी भूभागमा मौसम सफा छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य मात्रै प्रभाव छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

त्यसैगरी आज राति कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

विभागले शनिबार बिहान पनि तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्